टेस्ट टोलीसँग पहिलो ओडिआई आईतबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसॅंग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) आईतबार खेल्ने भएको छ ।

आईतबारबाट जिम्बावेमा सुरु हुने आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल पहिलो पटक टेस्ट राष्ट्रसॅंग ओडिआई मान्यता प्राप्त खेलमा प्रतिस्पर्धा गर्ने भएको हो ।

भोली टेस्ट राष्ट्र जिम्बावेविरुद्ध खेल रहेको छ । यो खेल नेपालका लागि टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्धको पहिलो ओडिआई खेल हुनेछ । आफ्नो ५२ औं ओडिआईमा नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको हो ।

जुन १८ देखि जुलाई ९ सम्म आयोजना हुने प्रतियोगितामा दश राष्ट्रको सहभागीता रहने छ । प्रतियोगिता दुई समूह बिभाजन गरि आयोजना हुनेछ । प्रतियोगिताको समूह ए मा रहेको नेपालको समूहमा आयोजक जिम्बावे,वेस्ट इन्डिज,अमेरिका र नेदरल्यान्ड्स रहेका छन् ।