वडा २७ द्वारा विभिन्न व्यक्तिलाई सम्मान गर्दै बाजातथा खेलकुद सामग्री वितरण

काठमाडौं महानगरपालिका २७ वडा कार्यालयले आआफ्नो क्षेत्रमा योगदान पुर्‍याउँदै वडाको गौरव बढाएको भन्दै २७ वडा भित्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। वडा २७ ले शनिबार जमलको चेम्बर भवनको हलमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हो।‍

वडाध्यक्ष योगेश कुमार खड्गीको सभापतित्वमा भएको कार्यक्रममा मुख्य अथितिको रुपमा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधान, विशिष्ट अतिथिमा वाग्मती प्रदेश क्षेत्र नं. ६ का सभासद हरि प्रभा खड्गी, अतिथिमा काठमाडौं महानगरका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष नविन मानन्धर, वडा नं. २७ का पूर्व वडा अध्यक्ष विजय नारायण मानन्धरको उपस्थिति थियो।

कार्यक्रममा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले दोसल्ला ओढाउँदै सम्मान पत्र हस्तान्तरण गर्नु भयो भने वाग्मती प्रदेश क्षेत्र नं. ६ का सभासद हरि प्रभा खड्गीले सम्मान पत्र प्रदान गर्नु भएको थियो। कार्यक्रममा काठमाण्डौं महानगरका प्रमुखर बालेन्द्र शाहको शुभकामना सन्देश पनि वाचन गरिएको थियो।

सोही कार्यक्रममा २७ का वडाका विभिन्न विद्यालयलाई खेल सामग्री सहितको सहयोग पनि हस्तान्तरण गरिएको थियो। जसमा भानु माध्यमिक विद्यालय, संस्कृत माध्यमिक विद्यालय, महाँकाल माध्यमिक विद्यालय, त्यौड माध्यमिक विद्यालय, अन्नपूर्ण माध्यमिक विद्यालय रहेका छन् भने मित्र युवा क्लब लाई पनि खेल सामग्रीको सहयोग गरिएको थियो। । त्यस्तै वडाका विभिन्न बाजा खलकलाई धिमे, ठूलो खीं, नायः खीः, नायः खिं र क्यें बाजा दिइएको थियो।

कार्यक्रममा वडा नं. २७ मा जन्म भई आफ्नो जिवन अवधिभर अविच्छिन्न रुपमा सांगितिक क्षेत्रमा योगदान दिनु भएका दुई व्यक्तित्वहरु नेपालको पहिलो पियानो वादक वरिष्ट संगित संयोजक स्व. मदन परियार र नेपालको पहिलो नेपाली गीत रेकर्डर शास्त्रीय गायनमा पारङ्गतका साथै राणा शासनको समयमा दरबारदेखि जनताका झुपडीसम्म ‘उस्ताद भनि चिनाउन सफल स्व. सेतुराम श्रेष्ठलाई मरोणापरान्त सम्मान गरिएको थियो।

२७ वडा मा जन्म भै न्यायधिश, पर्यटन व्यवसाय, प्रहरी सेवा, पत्रकारिता, खेलकूद,शिक्षा र साहित्य क्षेत्रमा रहि राष्ट्र र वडाको नाम उच्च राख्न्न सफल हुनु भएका सबैको योगदानको कदर गर्दै कार्यक्रममा सम्मान गरिएको जानकारी वडाध्यक्ष योगेश कुमार खड्गीले न्युज नेपालाई दिनु भयो। त्यस्तै उहाँले अग्रजको सम्मान गर्दै विगतका राम्रा र वडाको विकासको लागि हुने सबै कामलाई निरन्तरता दिने र सबैको सल्लाह सुझाव अनुसार सबैलाई समेटेर अघि बढ्ने बताउनु भयो।

सम्मानित व्यक्तिहरु

१. माधव राज थापा  -नेपाल सरकारको न्यायधिश

२. डा. राजेश काजी श्रेष्ठ -व्यापार, पर्यटन व्यवसाय र खेलकुदको प्रवर्धन तथा सामाजिक विकास

३. रवि राज थापा – प्रहरी सेवामा ए.आई.जी. 

४. तिर्थराम भण्डारी – पत्रकारिता 

५. धर्ममान बज्राचार्य – टेबल टेनिस खेल

6.  नरेश मालाकार – खेलकूद शारिरीक सुगठन

7. प्रेम हिरा तुलाधर – शिक्षा क्षेत्र

8 . राजेन्द्र प्रधान – शिक्षा क्षेत्र

9. उमेश प्रधान – खेलकूद फुटबल 

10.कुमार राजभण्डारी – खेलकूद फुटबल

11. दिनेश श्रेष्ठ -खेलकूद फुटबल

12. भवानी तुलाधर – साहित्य,नेपालभाषा कथा विद्या

 

मरोणापरान्त सम्मानित व्यक्तिहरु

१. स्व. उस्ताद सेतु राम श्रेष्ठ

२. स्व. मदन परियार

 

खेल सामाग्री वितरण

भानु माध्यमिक विद्यालय

संस्कृत माध्यमिक विद्यालय

महाँकाल माध्यमिक विद्यालय

त्यौड माध्यमिक विद्यालय

अन्नपूर्ण माध्यमिक विद्यालय

मित्र युवा क्लब

 

बाद्यय सामाग्री वितरण
१. ज्याठा पञ्चदान गुठी, प्रजापति खलः –धिमे सेट
२. जमः वहाः सुधार समिति जमःवाः त्वा – ठूलो खीं बाजा २ जोर
३. असन कमलाक्षी पिलाँतु त्वाः दाँपा खलः – धिमे बाजा २ सेट
४. इन्द्रायणी सनाः गुठी अशोक शाही –नायः खीः बाजा
५. नायः खिं बाजं खलः अनुप शाही – नायः खिं र क्यें
६. भमूलु अजिमा संरक्षण समाज – नायः खीः बाजा
७. भद्रकाली गुठी रमेश खड्गी – नायः खिं
८. ईन्द्रायणी गुठी सुजन शाही – नायः खिं बाजः
९. ईन्द्रायणी गुठी समाज राम बहादुर खड्गी – नायः खिं बाजः
१०.ईन्द्रायणी गुठी शंख नारायण शाही – नायः खिं बाजः
११. भद्रकाली गुठी खःलः,विष्णु बहादुर खड्गी– नायः खिं बाज