दशै तिहारको अवसरमा हरिसिद्धिमा ब्याडमिन्टन प्रतियोगिता

ललितपुर – ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धिको सहयोगमा हरिसिद्धि तःफा खल ब्याडमिन्टन क्लबको आयोजनामा आन्तरिक मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता भएको छ। दशै तिहारको अवसरमा भएको प्रतियोगिता गएको ९ गते शनिवार एक कार्यक्रमका विच समापन गरिएको थियो ।

क्लबका अध्यक्ष सचिनानन्द महर्जनको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धिका वडा अध्यक्ष गणेश कुमार महर्जन हुनुहुन्थो भने विशेष अतिथिमा ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्धिका वडा अध्यक्ष विरेन्द्र महर्जन हुनुहुन्थ्यो। त्यस्तै कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष गोपाल महर्जन र ललितपुर महानगरपालिका वडा नं. २८ र २९ हरिसिद्धिका पदाधिकारी र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।

समुह क सिनियर र समुह ख जुनियर गरि १२ वटा टिमले भाग लिएको प्रतियोगिताको फाइनल खेल सोहि दिन खेलाइएको थियो भने खेलपछि प्रतियोगिताका विजेता, उपविजेता र सहभागी खेलाडीलाई ट्रफि तथा प्रमाणपत्र वितरण गरेको थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय उशु जजको कोर्श लिएर चीनमा सम्पन्न १९ औं एशियन खेलमा उशुतर्फ टेक्निकल अफिशियल जजको भूमिका निर्वाह गर्नु भएका हरिसिद्धि निवासी मञ्जुर महर्जनलाई सम्मान गरेको थियो ।

कार्यक्रममा वडा नं. २८ र २९ का अध्यक्षहरुले ब्याडमिन्टन खेललाई मात्र नभइ अन्य खेलको विकासको लागि पनि वडाबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो भने क्लबका अध्यक्षले प्रतियोगितालाई निरन्तरता दिई वडा स्तरीय, नगर स्तरीय तथा जल कप प्रतियोगिता गर्ने जानकारी दिनु भएको थियो ।