नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर शुक्रबार स्वदेश फिर्ता भएका छन्।
उनी शुक्रबार मध्याह्न स्वदेश फिर्ता भएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरेका छन्।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकरले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका थिए। त्यस्तै नेपाल र भारतबीच विभिन्न विषयमा सम्झौता भएको थियो।
उनी बिहीबार बिहान काठमाडौं आएका थिए।
