थानकोटकी गोमा महर्जन सम्पर्कविहिन

ललितपुर -चन्द्रागिरि नगरपालिका-४ थानकोटबाट एक महिला सम्पर्कविहिन भएकी छिन् । परिवारका सदस्यहरूका अनुसार फागुन २ गते बुधबार बिहान थानकोट पागंलबकी स्थानीय गोमा महर्जन आफ्नै घरबाट सम्पर्कविहिन हुनुभएको हो । ५१ वर्षीया महर्जन बुधबार बिहान करिब ३ बजे घरमा कसैलाई जानकारी नदिइ…

रुद्रायणी देवीको १२ वर्षे नाच चन्द्रागिरी नगरपालिकामा प्रदर्शन गरिने

ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणी देवी अर्थात कालिदेवीको १२ वर्षे सिकाली नाच चन्द्रागिरी नगरपालिकामा प्रदर्शन गरिने भएको छ । पर्सी आइतबारदेखि मंगलबारसम्म वडा नम्बर ८ को ल्होंखामा नाच देखाइने रुद्रायणी दबु नाच समितिले जनाएको छ । पर्सी आइतबार कीर्तिपुरको…

रातो मन्छिन्द्रनाथको रथमा नयाँ पाङ्गग्रा राखिने

ललितपुर – ललितपुरको रातो मन्छिन्द्रनाथको रथमा नयाँ पाङ्गग्रा राखिने भएको छ । २०८१ सालको रथजात्राको लागि नयाँ पाङ्ग्रा बनाउन श्रीपञ्चमीका दिन विधिवत धार्मिक पूजासहित निर्माणको काम शुरु भएको रथ निर्माणमा काठको काम गर्ने टोलीका नाइके दिलकुमार बाराहीले बताउनु भयो ।…

राष्ट्रपति पौडेलबाट वसन्त श्रवण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गर्नुभएको छ । त्यस अवसरमा उहाँले  सरस्वतीको पूजा अर्चनाका साथै टीका-प्रसाद ग्रहण गर्नु भयो । वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे,…

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

काठमाण्डौ – आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची…

उद्योगपति तथा समाजसेवी मोतीलाल शिल्पकारको निधन

ललितपुर – उद्योगपति तथा समाजसेवी मोतीलाल शिल्पकारको ८९ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दम तथा निमोनिया रोगबाट ग्रसित शिल्पकारको सोमबार ललितपुरको नखुमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो। उहाँ गएको मंगलबारदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। नेपालभाषा मंकाः खलः यलको…

कृत शेखर अमात्यको अटिजम टू आर्टीजम नामक चित्रकला प्रदर्शनी

ललितपुर – अटिजम केयर नेपाल सोसाइटीको आयोजनामा कृत शेखर अमात्यको अटिजम टू आर्टीजम नामक चित्रकला प्रदर्शनी भएको छ। ललितपुरको पुल्चोकमा रहेको विकल्प आर्ट सेन्टरमा शनिबार भएको चित्रकला प्रदर्शनीमा २८ महिनाको उमेरदेखि अटिजमको समस्या देखिएका कृतले बनाएका विभिन्न चित्रकला प्रदर्शन गरिएको…

साँखुमा चलिरहेको एक महिना लामो स्वस्थानी व्रतका व्रतालु पशुपतिको गौरीघाटमा

काठमाडौं – काठमाडौंको साँखुमा चलिरहेको एक महिना लामो स्वस्थानी व्रतको क्रममा परदेश यात्रामा रहेका ब्रतालुहरु अहिले पशुपतिको गौरीघाटमा पुगेका छन् । हिजोदेखि  परदेश यात्रामा निस्केका उनीहरु अहिले गौरीघाटमा स्नान गरेर त्यहि नै ब्रत बस्ने स्थानीय संस्कृतिकर्मी प्रकाशमान सक्वले बताउनु भयो…