काठमाडौं – सरकारले आज आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण अर्थात् बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो सवा ४ बजे बजेट प्रस्तुत गर्न लाग्नुभएको हो । आउँदो आर्थिक वर्षको लागि १७ खर्ब रुपैयाँ हाराहारीको…
