एक महिने गुंलापर्व आजबाट सुरु

काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुंलापर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने…

अत्यधिक मदिरा सेवन गरेर दुई जनाको मृत्यु

झापा, ८ साउनः अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका…

दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडलाई कारबाही गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्रेषित निर्देशनविपरीत बैंकका प्रमुख कार्यकारी…

रसियामा हराएको विमान दुर्घटनाग्रस्त, सबै ५० जना मारिए

करिब ५० जना सवार एउटा एन्टोनोव एएन-२४ यात्रुबाहक विमान दुर्घटनाग्रस्त अवस्थामा फेला गपरेको छ। बिहीबार उडेको केही समयमा बेपत्ता भएको विमान रूसको सुदूरपूर्वमा दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक जानकारीअनुसार सबै यात्रुको ज्यान गएको रूसी आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन्। सन् १९७०…

बाजुरामा जीप दुर्घटनामा २ वृद्धाको मृत्यु, १५ जना घाइते

बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिमाली गाउँपालिका-५ किउडीबाट धुलाचौरका लागि छुटेको बा प्र.०३००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा भएको दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए । मृतकहरूमा हिमाली गाउँपालिका-५ की…

झापाको कन्काईमा एक व्यक्ति मृत फेला, प्रहरीद्वारा अनुसन्धान जारी

झापाको कन्काई नगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। शिवसताक्षी नगरपालिका–११ घर भइ हाल कन्काई–४ मा बस्दै आएका ६० वर्षीय चन्द्र शिवाकोटी आज बिहान ५:३० बजेतिर बाटो किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार,…

बाजुरामा जीप दुर्घटना: दुई जनाको मृत्यु, १५ घाइते, थप विवरण आउँदै

बाजुरामा आज (बुधबार) बिहान भएको एक जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १५ जना घाइते भएका छन्। जिल्लाको हिमाली गाउँपालिका–५ किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटनामा परेको हो। दुर्घटनामा हिमाली…

घरबाट भागेका दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला

भादगाउँ भक्तपुर, ८ साउन ः यहाँको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् । स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका…

आज घण्टाकर्ण चतुर्दशी अर्थात् गठामङ्गल पर्व मनाइँदै

हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज काठमाण्डौ उपत्यकाका भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी काठमाण्डौको भित्री क्षेत्रका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाउँदै आएको यो…

नेपालको समाजवादी क्रान्ति, रूपान्तरण र परिवर्तनको मार्गदर्शक सिद्धान्त सङ्घीय समाजवाद

जनता समाजवादी पार्टीको हालै सम्पन्न सङ्घीय परिषदको प्रथम बैठकले पारित गरेको ‘समाजवादको नेपाली बाटोः सङ्घीय समाजवाद’ नामक सैद्धान्तिक दस्तावेज सार्वजनिक गरिएको छ । पार्टीका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठद्वारा प्रस्तुत उक्त नीति तथा कार्यक्रमसम्बन्धी राजनीतिक प्रस्तावमा कृत्रिम…