सवारी दुर्घटनामा १ जनाको मृत्यु

चितवन । खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट काठमाडौं तर्फ गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारका चालक खैहरनी नगरपालिका–८ का…

अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान

एजेन्सी – अमेरिकाको सान डिएगोमा बिहीबार एक विमान आवासीय क्षेत्रमा दुर्घटना भएको छ। जसपछि धेरै घर र गाडीहरूमा आगो लागेको जनाइएको छ। स्थानिय अधिकारीहरूका अनुसार बिहीबार बिहानको तुवालोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएको हो।…

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राति १ बजेर ४८ मिनेटमा खलङ्गा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राति सुतिरहेको बेला भूकम्पको धक्का महसूस भएपछि स्थानीयबासिन्दा त्रसित हुँदै घरबाहिर निस्केका थिए । भूकम्पबाट भएको क्षतिबारे बुझ्ने काम…

सरकारले प्रतिबन्ध लगाउन सक्छ राजावादीको आन्दोलनमाथि – सञ्चारमन्त्री गुरुङ

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनलाई प्रतिबन्ध लगाउने अधिकार सरकारलाई रहेको बताएका छन्। बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। राजतन्त्र पुनःस्थापना गर्ने कुरा संविधानविरोधी…

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

ग्रिसको टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको युएसजिएसले जनाएको छ । पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र हालैका…

पर्सामा मात्र सवारी दुर्घटनामा दश महिनामा ३४ जनाको मृत्यु

वीरगञ्ज (पर्सा)- पर्सामा चालु आर्थिक वर्षको १० महिनामा सवारीसाधन दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयले सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरणका लागि सातामा एकपटक ट्राफिक जनचेतनामूलक कार्यक्रम अघि बढाउँदै आइरहेको छ । जिल्ला ट्राफिक प्रहरी…

हलिं नेवाः गुथिबाट नेवार लेखकलाई सम्मान

हलिं नेवाः गुथि, साहित्यिक र सास्कृतिक शाखाबाट प्रथम नेवार लेखक सम्मान कार्यक्रम उक्त शाखाका संयोजक एवं मूल कार्य समितिका सदस्य श्री वसन्त नकर्मीज्यूको अध्यक्षतामा ने.सं. ११४५ बछलागाः चतुर्थी, शुक्रबार (२०८२ जेठ २ गते) सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन…

गौशालामा अनियन्त्रित बसले पाँचवटा सवारी साधनलाई ठक्कर दियो

काठमाडौं । काठमाडौंको गौशालामा एउटा सार्वजनिक बसले पाँचवटा सवारी साधनलाई ठक्कर दिएको छ । बस अनियन्त्रित हुँदा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा मानबीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

काठमाडौं– काठमाडौं महानगरपालिका– १६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ । ग्यास चुहावटबाट भएको आगलागीमा क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले लिए शपथ

काठमाडौँ- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। जसलगत्तै आज बुधाबार उनले शपथ लिएका हुन्। उनलाई धानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ ग्रहण…