हलिं नेवाः गुथिबाट नेवार लेखकलाई सम्मान

हलिं नेवाः गुथि, साहित्यिक र सास्कृतिक शाखाबाट प्रथम नेवार लेखक सम्मान कार्यक्रम उक्त शाखाका संयोजक एवं मूल कार्य समितिका सदस्य श्री वसन्त नकर्मीज्यूको अध्यक्षतामा ने.सं. ११४५ बछलागाः चतुर्थी, शुक्रबार (२०८२ जेठ २ गते) सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन मुख्य अतिथि प्राध्यापक भाषा अनुसन्धाता तुल्सिलाल सिंहले गर्नुभएको हो । उक्त कार्यक्रममा हलिं नेवाः गुथि मुख्य कार्यालय, कार्य समितिका मूल उपाध्यक्षका साथै मूल संयोजक अमर काजी श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको छ भने हलिं नेवाः गुथि मुख्य कार्यालय कार्य समितिका मुख्य अध्यक्ष सुरेश सँय्‌जुले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो । साथै, कार्यक्रममा अतिथिहरू वर्ल्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरका पूर्व अध्यक्ष पुष्कर भक्त माथेमा र नेपालभाषा तथा नेपाल संबत अभियन्ता पौभाः साय्‌मि, हलिं नेवाः गुथिका पूर्व अध्यक्ष जुजुमान श्रेष्ठ, निवर्तमान मुख्य अध्यक्ष विनोद महर्जनहरूले समसामयिक विषयमा आआफ्ना मन्तब्य राख्नुभएका छन् । कार्यक्रममा संस्थापक अध्यक्ष एवं संरक्षक शान्त प्रकाश श्रेष्ठ र मुख्य अतिथि तुल्सि लाल सिंहबाट नेवार लेखकहरुलाई सम्मान पत्र वितरण गर्नुभएको छ ।

नेवार लेखकहरूलाई वहाँहरूले गर्नुभएको कार्यको कदर गर्दै सम्मानित गरिएको हो । कार्यक्रम आयोजक समितिका अध्यक्ष तथा संयोजक बसन्त नकर्मीले सबैलाई धन्यबाद ज्ञापन गर्नुका साथै वहाँले पछि पनि यसै गरी हौसला दिनु हुनेछ भनी मन्तब्य राख्नु हुँदै सभा बिसर्जन गर्नुभयो ।