सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन सीआईबीको राय

काठमाण्डौ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ। सीआईबीले आज बुधवार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ९ विदेशीसहित ३२ जना र फरार रहेका १४ विदेशीसहित…

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजदेखि लगाइने

काठमाण्डौ – सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजदेखि वितरण गरेको छ । यो खोप १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका किशोरीलाई दिइने छ । २०६५ साल भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म…

पञ्चदान पर्व मनाइयो

काठमाण्डाै – बौद्धमार्गी नेवार समुदायले आज पञ्चदान पर्व मनाएको छ । साउन शुक्ल प्रतिप्रदादेखि मनाउदै आएको गुंला पर्व अन्तर्गत  प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ । आजका दिन काठमाण्डाै, भक्तपुर, साँखु, बनेपा, नुवाकोट लगायतको ठाँउमा पञ्चदान पर्व…

भक्तपुरमा पञ्चदान : नगर परिक्रमामा दिपंकर बुद्ध

भक्तपुर – भक्तपुरमा आज पञ्जरां (पञ्चदान) पर्व मनाइएको छ। भक्तपुरका पाँच बिहारबाट निस्केका दिपंकर बुद्धलाई आज दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइएको हो। भक्तपुरमा भदाै कृष्ण पक्ष त्रयोदशीका दिन पञ्जरां मनाउने गरिन्छ। भक्तपुरको क्वाठन्डौँको प्रसन्नाशील महाविहार, गोल्मढीको…

सुवास नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

काठमाण्डाै – सरकारले संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन…

घरमा लुकाएर राखेको ८०० किलो काजु बरामद

रौतहट – प्रहरीले पर्सामा भन्सार छली घरमा लुकाइ राखेकाे आठ सय किलो काजु बरामद गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइ राखेकाे काजु प्रहरीले बरामद गरेकाे हाे ।  भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको…

सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पतालबाट एमाले पार्टी कार्यालयमा लैजान तयारी (तस्बिरहरु)

काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालबाट नेकपा एमालेको पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको छ । उहाँको पार्थिव शरीर भोलि (बुधबार) सम्म च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । पूर्वसभामुख समेत…

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाण्डौ – प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । तत्कालीन संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो । काठमाण्डौको बालुवाटर बस्ने उहाँलाई हृदयघात भएपछि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालमा…

जोकोभिचले जिते यूएस टेनिस ओपनको उपाधि

काठमाण्डाै – सर्बियाका नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् । ३६ वर्षीय जोकोभिचले बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन् । यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि…

ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश

काठमाण्डाै – जिल्ला अदालत काठमाण्डाैले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । अदालतले अभियुक्त…