सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पतालबाट एमाले पार्टी कार्यालयमा लैजान तयारी (तस्बिरहरु)

काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालबाट नेकपा एमालेको पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको छ ।

उहाँको पार्थिव शरीर भोलि (बुधबार) सम्म च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

पूर्वसभामुख समेत रहेका नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

तस्विरः श्यामसुन्दर पुडासैनी