महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

काठमाडौं । सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन् । उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता पनि हुन् ।  यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति…

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार बेलुकी (भदौ २७) शीतलनिवासमा आयोजित कार्यक्रममा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले…

गृहको नयाँ भवनबाट प्रधानमन्त्री कार्यालयको कार्य आरम्भ गरिँदै

गृह मन्त्रालयको नयाँ भवनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नियमित कार्य आरम्भ गरिन थालिएको छ। भवनमा आगजनी र तोडफोड भएपछि तत्काल कार्यसञ्चालनका लागि गृहको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सर्न लागेको हो। मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्यालयको भवनमा क्षति पुगेकाले मर्मतसम्भार भएर…

प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् । आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको…

सुरक्षाकर्मीको नियन्त्रण बाहिर काठमाडौं

२४ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा सरकारले दमन गरेपछि उग्र बनेको प्रदर्शन सुरक्षाकर्मीको नियन्त्रण बाहिर पुगेको छ । सडकमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको नियन्त्रणभनदा बाहिर काठमाडौं छ । १९ जना विद्यार्थीको मारिएपछि उग्र बनेको आन्दोलनले…

खानेपानीमन्त्री यादवले राजीनामा दिने तयारी

२४ भदौ, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पनि राजीनामा दिने भएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए । उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिन लागेको बताएका छन् । यसअघि…

देउवाको धनगढी निवासमा आगजनि

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले अहिले नेताको घरलाई अहिले निशाना बनाइरहेका छन् । सोही क्रममा एक समूहले धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनि गरेको छ । प्रदर्शनकारी आक्रोशित बन्दा प्रहरीलाई सम्हाल्न हम्मेहम्मे परेको छ ।

भरतपुर महानगरपालिकामा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार १२ बजेदेखि लागु हुने गरी भरतपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी आदेशअनुसार, अर्को सूचना नआएसम्म भरतपुरका तोकिएका क्षेत्रमा मानिसहरूलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा सभा…

झापामा एमाले कार्यालयमा आगजनि, इटहरी र विराटनगरमा पनि प्रदर्शन

कोशी प्रदेशका शहरमा बिहानैबाट आन्दोलन जारी छ । झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् । हिजो पनि पार्टी कार्यालयमा तोडफोड भएको थियो । यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारी भेलिएका छन् । प्रदर्शनकारीले पुष्पलालको सालिक…