उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने

काठमाडौं – आइतबार तीन क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने भएको छ।

तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनु भयो।

‘मुचुल्का उठाएर र  मतपेटिका मतगणना केन्द्रमा पुर्‍याएपछि मतगणना सुरू हुने थपलियाले बताए। बारा-२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना सुरू हुने उहाँले बताउनु भयो।

चितवन-२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने देखिएको छ। थपलियाका अनुसार यसपालि मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुनेछ।