काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत दोश्रो चरणको चौथो गेममा पहिलो र दोश्रो भएर चतामरि र ग्वारामरि टीम तेश्रो चरणमा प्रवेश गरेका छन्।
गएको शनिबार चतामरि, गुलिमरि, ग्वारामरि र माय्मरिविच गेम भएको थियो भने चतामरि टीमले १५५, ग्वारामरि टिमले ९०, माय्मरिले ७० र गुलिमरिले ६५ अंक ल्याएका थिए।
काठमाण्डाैं खिचापोखरीको अनलिमिटेड टेक्नोलोजीमा भएको गेममा निर्णायकका रूपमा नृपेन्द्रलाल श्रेष्ठ र मिना बज्राचार्य तथा क्विज मास्टरको भूमिका नीतु डंगोलले निभाउनु भएको थियो।
गेम शुरूहुनु भन्दा अघि डब्ल्यूएनओ नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ तथा सहकोषाध्यक्ष मंगलरत्न ताम्राकारले पहिलो चरणका विजेता टीम चतामरिलाई ८० अमेरिकी डलर नगद पुरस्कारबराबरको चेक प्रदान गर्नु भएको थियो।
हरेक गेममा जित्ने टीमलाई ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने घोषणाअनुसार पहिलो चरणमा पहिलो भएका प्रत्येक टीमलाई दोश्रो चरणको खेलको अवधिमा ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको हाजिरी जवाफ प्रतियोगिताका संयोजक समन्तश्री बज्राचार्यले बताउनु भयो।
यो पनिः दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको तालिका सार्वजनिक
यो पनिः विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको दोश्रो चरणको तालिका सार्वजनिक
यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको पहिलो गेममा ल्वंचामरि र यःमरि विजेता र उपविजेता
यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको दोश्रो गेममा छुँचुमरि र अँयठामरि विजेता र उपविजेता
यो पनिः डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको तेश्रो गेममा लवंतिकामरि र प्यारामरि विजेता र उपविजेता
यो गेमसँग दोश्रो चरणका स्पर्धाहरू सकिएको छ भने तेश्रो चरणको स्पर्धा कार्तिक ११ र १८ गते हुनेछ। तेश्रो चरण सेमिफाइनलको स्पर्धाका विजेता र उपविजेता टीमविच अन्तिम प्रतियोगिता कार्तिक २५ गते हुनेछ।
अन्तिम प्रतियोगितामा पहिलो हुने टीमलाई १,००० अमेरिकी डलर, दोश्रो ८०० अमेरिकी डलर, तेश्रोलाई ६०० अमेरिकी डलर र सान्त्वनालाई ४०० अमेरिकी डलर पुरस्कार तथा हरेक चरणमा जित्ने टीमलाई ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने डब्ल्यूएनओले जनाएको छ।







