पेनाल्टीमा जर्मनीलाई हराउँदै पाराग्वे विश्वकप २०२६ को अन्तिम १६ मा

चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।

अमेरिकाको बोस्टनमा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेल निर्धारित समय र अतिरिक्त समयपछि १–१ को बराबरीमा सकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा जोसे क्यानालेले निर्णायक गोल गर्दै पाराग्वेलाई ऐतिहासिक जित दिलाए।

जर्मनी विश्वकप इतिहासमा पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भएको हो। सन् २००२ को विश्वकपको अन्तिम १६ मा जर्मनीसँग भोगेको हारको २४ वर्षपछि पाराग्वेले बदला पनि लिएको छ।

अब पाराग्वेले अन्तिम १६ मा फ्रान्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेयता जर्मनीले विश्वकपको नकआउट चरणमा खेल जित्न सकेको छैन । पछिल्लो दुई विश्वकपमा समूह चरणबाटे बाहिरिएको जर्मनी १२ वर्षपछि नकआउट चरण पुगेपनि पहिलो खेलमा पाराग्वेसँग पराजित हुँदा बाहिरिनुपरेको हो ।

पाराग्वेले भने दोस्रो पटक विश्वकपमा जकआउट चरणको खेल जितेको हो । सन् २०१० मा दक्षिणद अफ्रिकामा भएको विश्वकपमा जापानलाई अन्तिम १६ खेलमा पेनाल्टीसुटबउटमै पराजित गर्दे पाराग्वे क्वाटरफाइनलसम्म पुगेको थियो । तर स्पेनसँग पराजित हुँदै बाहिरिएको थियो । यस पटक पाराग्वेले नकआउट चरणमा पहिलो खेलमे पूरव् विजेता जर्मनीलाई स्तब्ध पार्दे अगाडि बढिसकेको छ ।