नेपालभाषाका उदाउँदा गायक विरज महर्जनको नयाँ गीत ‘छ लिसे’ सार्वजनिक

नेपालभाषाका नब गायक विरज महर्जनको स्वर रहेको नयाँ नेपालभाषा गीत ‘छ लिसे’ सार्वजनिक भएको छ। यो गीतसँगै नेपाली गीत ‘साइली’ पनि प्रिमियर गरिएको हो।

गीत सार्वजनिक कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

‘साइली’ गीत प्रेमभावमा आधारित रहेको छ। यस गीतको शब्द, संगीत तथा संगीत संयोजन जुगल डंगोलले गरेका छन्। गीतको भिडियोमा कृषल श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय रहेको छ। भिडियोको निर्देशन रामकृष्ण खड्गीले गरेका हुन् भने छायांकन रक्कि महर्जनले गरेका छन्।

त्यसैगरी, नेपालभाषा गीत छ लिसेको शब्द र संगीत रामकृष्ण खड्गीको रहेको छ भने संगीत संयोजन जुगल डंगोलले गरेका छन्। यस गीतको निर्देशन पनि रामकृष्ण खड्गीले गरेका हुन् भने छायांकन रक्कि महर्जनले गरेका छन्। भिडियोमा कृषल श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय देख्न सकिन्छ।

हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक विरज महर्जनले नेपाल आउँदा उक्त गीतको रेकर्डिङ गरेका थिए। उनले आगामी १४ गते आफ्नो पहिलो एकल सांगीतिक साँझसमेत आयोजना गर्ने तयारी गरेका छन्।