काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत रूपमा आफ्नो संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ।
यसअघि नै पार्टीमा प्रवेश गर्दा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिएका शाहलाई नेतृत्व सुम्पिन पार्टीभित्र कुनै चुनाव नगरी सहमतिबाटै अघि बढ्ने तयारी गरिएको छ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बालेन पार्टीको वरिष्ठ नेतासमेत रहेकाले उहाँको चयनमा सबैको ऐक्यबद्धता रहेको छ।
यस प्रक्रियालाई औपचारिकता दिन आगामी चैत १२ गते पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ। सोही दिन नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सम्पन्न गरी चैत १३ गते नयाँ सरकार गठन गर्ने प्रक्रियामा पार्टी अगाडि बढ्ने बुर्लाकोटीले जानकारी दिनुभएको छ।
