पोर्टल्याण्डमा बृहत स्टार लाइट र्‍याली सम्पन्न

अमेरिकाको पोर्टल्याण्डमा पहिलो पटक नेपाली समुदायको सहभागितामा बृहत स्टार लाइट र्‍याली सम्पन्न भएको छ। र्‍याली पोर्टल्याण्डमा भएको नृत्य मण्डल महाविहारका गुरुजु प्रज्वल रत्न वज्राचार्यले व्यवस्थापन गर्नु भएको हो।

रोज फेस्टिभल फाउन्डेसनको आव्हानमा भएको र्‍यालीमा नेपाल एसोसिएसन अफ ओरेगन एनएओ, डान्स मण्डल/नृत्य मण्डल, दबुलि, नेवाः अर्गनाइजेशन  अफ अमेरिका सियाटल च्याप्टरको सहभागिता थियो।

कोरोना महामारी अन्त्य भएको घोषणापछि ओरेगनमा बृहत र्‍यालीको आयोजना गरिएको हो । र्‍यालीमा जातीय पोशाकसहित नेपाली समुदायले भाग लिएको थियो भने चर्या नाचको प्रस्तुति, धिमे बाजा, कुमारीको रथ लगायतको पनि प्रदर्शन गरिएको थियो।