सुन किन्ने सोचमा हुनुहुन्छ? आज एकैदिन ३ हजारले सस्तियो सुन, हेर्नुहोस् ताजा दरभाउ

काठमाण्डौ – नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले घटेको हो। यससँगै आज बजारमा सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो (बिहीबार) सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ रहेको थियो।

सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदीको भाउ आज तोलामा १२० रुपैयाँले घटेर प्रतितोला ५ हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

हिजो चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो।