काठमाण्डाै- विश्व प्रसिद्ध पाँचतले मन्दिरमा झण्डोत्तोलन गरेर ३२१ औं वर्षबन्धन मनाइएको छ। स्थानीय नेपाल भाषामा वर्षबन्धनलाई बुँसादँ भनेर भनिन्छ। सोमबार पाँचतले मन्दिरको बुसादँ मनाइएको हो।
हरेक वर्ष पाँचतले मन्दिरको बुसादँ असार शुक्ल प्रतिपदाका दिनमा मनाइन्छ। बुसादँको अवसरमा मन्दिरभित्र रहेको सिद्धिलक्ष्मी देवीको पूजाआजासहित गजुरमा झण्डोतलन गरिन्छ। तुछिमला टोलका अवालहरुले मन्दिरको माथिल्लो तल्लाको गजुरमा पुगेर सोमबार झण्डा हालेका थिए।
यो मन्दिरको पहिलो वर्षगाँठ पूजा राजा भूपतिन्द्र मल्लले नेपाल संवत् ८२२ को असार शुक्ल पक्ष प्रतिपदाका दिन गर्नुभएको इतिहास छ।
