आज राष्ट्रिय विभूति शंखधर साख्वाः दिवस मनाइँदै

काठमाण्डौ – नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदैछ । नेपाल सरकारले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको तिथि (कछलाथ्व दशमी)  ‘शंखधर साख्वाः दिवस’ का रूपमा मनाउने गरिन्छ ।

तत्कालीन नेपालका गरिब जनतालाई ऋण मुक्त गरी नयाँ युगको थालनी स्वरुप नेपाल संवत् आरम्भ गरेका कारण उहाँको परोपकारी कार्यको कदर स्वरुप नेपाल सरकारले २०५६ साल ( नेपाल संवत् ११२०) को आजैको तिथिमा शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

यसै अवसरमा आज नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४४, राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान,  लगायतका संघ सस्थाले उहाँको सालिकमा माल्यार्पण,  सालिक परिसरमा दिपावली  लगातयका विभिन्न  कार्यक्रम गर्दैछन्।

 

tagName: –
position: –
top: –
left: –
right: –
bottom: –
display: –
fontSize: –
fontWeight: –
textAlign: –
color: –
backgroundColor: –
overflow: –
boxSizing: –
transform: –
zIndex: –
w   1127.931
h     31.111

31.111

1127.931