ललितपुरमा जर्मन नागरिक मृत फेला

ललितपुर – ललितपुरमा जर्मन नागरिक मृत फेला परेकी छन्। ललितपुर महानगरपालिका वडा नम्बर १६ स्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी जर्मन नागरिक मृत फेला परेकी हुन्।

उनी अन्दाजी ४४ देखि ५५ वर्षकी एडिलहेड स्चेनेको रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिनु भयो।

एक वर्षदेखि उक्त अपार्टमेन्टमा बस्दै आएकी उनी केही दिनदेखि बिरामी रहेको खुलेको छ।