रातो मच्छिन्द्रनाथको रथलाई आज सुन्धाराबाट तानिने

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज  सुन्धाराबाट तानेर लगनखेलतर्फ लगिदैछ। रथलाई शुक्रबार  महापालबाट तानेर सुन्धारा पुर्‍याइएको हो भने हिजो शनिबार नुगःयाःकाे भुज्या मनाएर आज जात्राको साताैं दिन  सुन्धाराबाट तान्न लागेको हो । पहिलो विश्रामस्थल गाबहालबाट रथ बुधबार तानेर महापालमा…

अर्मूत सम्पदा यूनेस्कोमा सूचिकृत गर्नको लागि संस्कृति सम्बद्धन केन्द्रले तयार गरेको प्रतिवेदन ललितपुर महानगरलाई  हस्तान्तरण

ललितपुर – ललितपुर संस्कृति सम्बद्धन केन्द्रले नेपालको अर्मूत सम्पदा यूनेस्कोमा सूचिकृत गर्नको लागि तयार गरेको प्रतिवेदन ललितपुर महानगरपालिकालाई  हस्तान्तरण गरेको छ। हिजो शनिबार पुल्चोकमा भएको केन्द्रको ९ स्थापनाको दिवसको कार्यक्र्रममा केन्द्रका अध्यक्ष बदनलाल न्याछ्योले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई  प्रतिवेदन हस्तान्तरण…

राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज

काठमाडौं –  आज राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती मनाईंदैछ । हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन राष्ट्रिय विभूति सीताप्रति श्रद्धा भक्ति व्यक्त गरी यो दिवस मनाउने गरिन्छ । आजको दिनलाई सीता जयन्तीका रुपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा गरी मनाइन्छ…

रातो मच्छिन्द्रनाथको रथ सुन्धारामा

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई महापालबाट तानेर सुन्धारा पुर्‍याइएको  छ । जात्राको पाँचौ दिन हिजो रथलाई दोश्रो विश्रामस्थल सुन्धारा पुर्‍याइएको  हो । पहिलो विश्रामस्थल गाबहालबाट रथ बुधबार तानेर महापालमा एकदिन राखेर सुन्धारा पुर्‍याइएको  हो । दोश्रो विश्रामस्थलमा रथ पुर्‍याएपछि…

रातो मच्छिन्द्रनाथको रथ आज सुन्धारा पुर्‍याउने तयारी

ललितपुर – सोमबारदेखि शुरु भएको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज रथलाई सुन्धारा पुर्‍याउने तयारी भएको छ। हिजो रथलाई महापाल पुर्‍याइएको हो। हिजो रथलाई गाःबहालबाट तानेर मंगलबजार लैजाने क्रममा रथ अड्किएपछि मंगलबजार नपुग्दै आउने टोल महापालसम्म मात्र तानेको थियो। आज रथलाई…

रातो मच्छिन्द्रनाथको रथलाई आज गाबहालबाट तानेर मंगलबजार पुर्‍याउने तयारी

ललितपुर – सोमबारदेखि शुरु भएको  रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई आज गाबहालबाट तानेर मंगलबजार पुर्‍याउने तयारी भएको छ। रथमा समस्या देखिएकोले मर्मत गरेर आज तान्नको लागि तयारी भएको हो। जात्राको पहिलो दिन सोमबार रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्‍याउने क्रममा रथ…

रातो मच्छिन्द्रनाथको रथ गाबहालमा पुर्‍याइयो

ललितपुर – सोमबारदेखि शुरु भएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई गाबहालमा पुर्‍याइएको छ। रथजात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्‍याउने परम्परा भए पनि यसपाली रथ देब्रेतिर ढल्किएकोले सोमबार रथलाई गाबहाल नपुग्दै आउने टोल श्रीबहालसम्म मात्र तानेको थियो। हिजो…

रातो मच्छिन्द्रनाथको रथजात्रा आज सुरु हुँदै

ललितपुर – ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ जात्रा आज सुरु हुँदैछ। उपत्यकाकै सबैभन्दा लामो जात्रा सोमबार सुरु हुन लागेको हो। ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथमा राखिएको रातो माछिन्द्रनाथमा हिजो विशेष पूजा गरिएको थियो। आज दिउँसाे ४ बजे पछि पुल्चोकमा रहेको रातो…

सुरज ब्यञ्जनकारको मुक्तक संग्रह सब्बुचा २ को लोकार्पण

ललितपुर – संचारकर्मी सुरज ब्यञ्जनकारको नेपालभाषाका मुक्तक संग्रह सब्बुचा  २ नामक पुस्तकको विमोचन भएको छ । लेखक व्यजनकारका पिता सुरेन्द्र ब्यञ्जनकारको सभापतित्वमा शनिबार खपिन्छेमा भएको कार्यक्रममा सब्बुचा २ को लोकार्पण वरिष्ठ हांस्य कलाकार मदनकृष्ण श्रेष्ठले गर्नु भएको हो । कार्यक्रममा…

चन्द्रागिरिमा भोली सार्वजनिक विदा

काठमाडौं –  काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औंसीको अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिनु भयो। नगरपालिकाले सार्वजनिक विदा…