युभेन्ट्सको सहज जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४-२ गोल अन्तरले हराएको हो । खेलको दोस्रो मिनेटमा यान कारामोहले गोल गर्दै टोरिनोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १६ औं मिनेटमा जुआन काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

४३ औं मिनेटमा एन्टोनियो सानाब्रियाले गोल गर्दै टोरिनोलाई २-१ को अग्रता दिलाए ।पहिलो हाफको इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई २-२ को बराबरीमा ल्याए । खेलको ७१ औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दा युभेन्ट्स ३-२ ले अघि रह्यो । त्यसपछि खेलको ८० औं मिनेटमा एड्रिन राबिओटले गोल गर्दै युभेन्ट्सलाई ४-२ को जित दिलाए । जितसँगै युभेन्ट्सले २४ खेलमा ३५ अंक जोडेको छ ।युभेन्ट्स सातौं स्थानमा उक्लिएको छ । टोरिनो ३१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।