बिस्काः जात्रामा यो वर्ष सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने

काठमाडौं – बिस्काः जात्राको अवसरमा बैशाख २ गते मनाइने मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्नु हुने भएको छ ।

जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरूष हुनुपर्ने परम्परा छ। यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लाग्नु भएको हो । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुनुहुन्छ।

जात्राको हालसम्मको तथ्यांक तथा प्रमाणअनुसार १२ जनाले एक सय छ वर्ष जिब्रो छेडाएको इतिहास छ।