कीर्तिपुरको शान ‘कीर्तिपुर सिनेप्लेक्स’(भिडियो सहित)

कीर्तिपुरमा ‘कीर्तिपुर सिनेप्लेक्स’ हल संचालनमा आएको छ। वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन र बिजय लाल डंगोलको टिमले कीर्तिपुर वडा नम्बर ८ पागा, सुन्दरबजारमा ‘कीर्तिपुर सिनेप्लेक्स’ संचालनमा ल्याएको हो । संचालनमा आएको छोटो समयमा यो कीर्तिपुरको शान बन्न सफल भएको छ।

यस हलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सबै खालका चलचित्रहरु प्रदर्शन हुदै आएको छ । हलमा सबै खाले कार्यक्रम गर्न मिल्ने गरि स्टेजको पनि व्यवस्था गरिएको छ। उच्च प्रविधिसहित चलचित्र थिएटर कम्पनीको रूपमा संचालन भएको कीर्तिपुर सिनेप्लेक्समा नवीनतम प्रविधि प्रयोग गरिएको छ । २ करोड भन्दा बढी बजेटमा पुननिर्माण भएको हल २८५ सिट क्षमताको छ भने अहिले एक वटा मात्र पर्दा छ ।

निकट भविष्यमा अर्को पर्दा तयार गर्दै उच्च प्रविधिमा संचालनमा गरिने यस हलका प्रबन्धक शास्वत मान सिंहले बताउनु भयो। व्यवसायिक लक्ष्य सहित पूरै काठमाण्डौमा अग्रणी चलचित्र थिएटर ब्रान्डहरू मध्ये पूर्ण सुविधासहितको यस हलमा चलचित्रको मज्जा लिन सक्ने उहाँले  बताउनु भयो l

यो हल संचालनसँगै कीर्तिपुरका दर्शकलाई चलचित्र हेर्नका लागि सुन्धारा, कमलपोखरी लगायतका स्थानमा जानुपर्ने बाध्यता हटेको छ ।