ढाकाकुमार श्रेष्ठकाे सांसद पद र साधारण सदस्यता खारेज गर्ने रास्वपाकाे निर्णय

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठकाे सांसद पद र साधारण सदस्यता खारेज गर्ने निर्णय गरेकाे छ । आज बुधवार बसेकाे केन्द्रीय समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेकाे अडियाे सार्वजनिक भएपछि रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा पर्नुभएको थियाे ।

यस्तै पार्टीले श्रेष्ठ र प्रसाईंबीचको टेलिफोन वार्ताका सम्बन्धमा सत्य/तथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको थियाे ।