कर्जाको ब्याजदर मासिक परिवर्तन गर्न पाइने, निक्षेपमा घटेअनुसार ब्याजदर सस्तो हुने

कर्जाको ब्याजदर मासिक रूपमा परिवर्तन हुने भएको । बैंकहरूले निक्षेपमा ब्याजदर घटाए पनि सो अनुसारले कर्जाको ब्याजदर घटाएका थिएनन् ।

राष्ट्र बैंकले कर्जाको न्यूनतम दर त्रैमासिक रूपमा मात्र परिवर्तन गर्न पाउने व्यवस्थाको कारण निक्षेपमा घटेअनुसार कर्जामा ब्याजदर घटेको थिएन ।

अहिले बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्यादर नै एकल अंकमा आएको छ । बचतमा समेत ७.४ प्रतिशत ब्याजदर मात्र छ । बैंकहरूले निक्षेपमा ब्याजदर घटाउने नीति लिन थालेपछि केन्द्रीय बैंकले ऋणीलाई राहत दिनका लागि कर्जाको ब्याजदरसमेत मासिक रूपमा परिवर्तन हुने नीति लिएको हो । यसले पुराना ऋणीको ब्यानदर घट्न सजिलो हुन्छ ।

राष्ट्र बैंकले सोमबार निर्देशिका जारी गर्दै कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको हो ।

काठमाडौं । कर्जाको ब्याजदर मासिक रूपमा परिवर्तन हुने भएको । बैंकहरूले निक्षेपमा ब्याजदर घटाए पनि सो अनुसारले कर्जाको ब्याजदर घटाएका थिएनन् ।

राष्ट्र बैंकले कर्जाको न्यूनतम दर त्रैमासिक रूपमा मात्र परिवर्तन गर्न पाउने व्यवस्थाको कारण निक्षेपमा घटेअनुसार कर्जामा ब्याजदर घटेको थिएन ।

अहिले बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्यादर नै एकल अंकमा आएको छ । बचतमा समेत ७.४ प्रतिशत ब्याजदर मात्र छ । बैंकहरूले निक्षेपमा ब्याजदर घटाउने नीति लिन थालेपछि केन्द्रीय बैंकले ऋणीलाई राहत दिनका लागि कर्जाको ब्याजदरसमेत मासिक रूपमा परिवर्तन हुने नीति लिएको हो । यसले पुराना ऋणीको ब्यानदर घट्न सजिलो हुन्छ ।

राष्ट्र बैंकले सोमबार निर्देशिका जारी गर्दै कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको हो ।

तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न नीतिले बाधा नपाउने राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर घटाउँदा वा वृद्धि नगर्दा सबै ग्राहकले समान रूपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनुपर्नेछ ।