नेपाल भाषाको “मंसिर महिना वल ” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक कान्छा बाबू तन्दुकार र गायिका एलिना शाक्यको स्वर रहेको यस गीतमा शब्द र संगीत भने रबिन्द्र शाक्य रहेको छ। हिजो एक कार्यक्रम बीच म्युजिक भिडियो सार्वजनिक भएको थियो।
राजन शाहीद्वारा निर्देशित यस म्युजिक भिडियोको छायांकन अमर चित्रकारले गर्नु भएको छ भने कलाकारहरू मा भने चर्चित कलाकार आदरणीय सबिन शाक्य र शोभा महर्जन को बिजोड अभिनय हेर्न सकिन्छ।

हिजो म्युजिक भिडियो बिमोचन कार्यक्रममा जनसंगीत श्रष्टा अमर राज शर्मा,नेवाःआईडल भाजु मन्जिल शाक्य ,नेवाःपत्रकार, यस म्युजिक भिडियोका कलाकारहरुलाई सम्मानपनि गरिएको थियो।
