क्यानडाको टोरोन्टो विश्वविद्यालयको धर्म अध्ययन विभागको आयोजनामा संचालित २ हप्ते “गृष्मकालिन नेपालभाषा प्रशिक्षण” कार्यक्रम सम्पन्न भएको छ। अनलाइन तथा प्रत्यक्ष माध्यमबाट संचालन भएको प्रशिक्षणमा अमेरिका, क्यानडा लगायत विभिन्न देशका गरेर ३० जना प्रशिक्षार्थीहरुले भाग लिएको थियो।

नेपालभाषाका साहित्यकार श्रीलक्ष्मी श्रेष्ठ, अनुसन्धाता, मानवशास्त्री एवमं साहित्यकार डा. बालगोपाल श्रेष्ठ र टोरोन्टो विस्वविद्यालय धर्म अध्ययन विभागका प्रमुख प्रा.डा. क्रिस्टोफ एम्रिकले आधारभूत वार्तालाप, आधुनिक साहित्य र परम्परागत भाषा विषयमा प्रशिक्षण दिनु भएको थियो।
प्रशिक्षण कार्यक्रमको अन्तिम दिनमा प्रशिक्षार्थीहरुलाई नेपाल भाषाको इतिहास र संघर्षबारे जानकारी दिने उद्देश्यले “अस्तित्वका लागि संघर्ष; नेपालभाषा साहित्यको इतिहास” विषयमा डा. बालगोपाल श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

उहाँको प्रस्तुतिपछि टोरोन्टो विस्वविद्यालयका प्रा. डा. क्याथरिन रायन्किन, डा. अलाना सौजा, डा. पुष्प आचार्य, ईयन टर्नर, टोनि स्कट, मधुसुदन रिमाल, उत्तम माकःजु लगायतले आआफ्नो जिज्ञासा राख्नुभएका थियो भने प्रस्तुतकर्ता डा. श्रेष्ठले उत्तर दिनु भएको थियो।
समापन कार्यक्रममा बोल्नु हुदै उत्तम माकःजुले सो प्रशिक्षण कार्यक्रम टोरोन्टो विस्वविद्यालय धर्म अध्ययन विभागका प्रमुख प्रा.डा. क्रिस्टोफ एम्रिकको सक्रियतामा संचालन भएकोमा उहाँ प्ति हार्दिक आभार व्यक्त गर्नु भयो।
कार्यक्रममा नेपालभाषाका प्रशिक्षकद्वय श्रीलक्ष्मी श्रेष्ठ तथा डा. बालगोपाल श्रेष्ठले क्यानडामा आएर नेपाल भाषाको प्रशिक्षण दिने अवसर प्रदान गर्नु भएकोमा टोरन्टो विश्वविद्यालय तथा प्रा. डा. क्रिस्टोफ एम्रिक तथा प्रशिक्षार्थीहरु प्रति आभार व्यक्त गर्नु भयो भने प्रा. डा. क्रिस्टोफ एम्रिकले प्रशिक्षकद्वय श्रीलक्ष्मी श्रेष्ठ तथा डा. बालगोपाल श्रेष्ठलाई नेदरल्याण्डबाट क्यानडासम्म आएर प्रशिक्षण दिनु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले प्रशिक्षण कार्य धेरै प्रभावकारी तथा उपयोगीमूलक रहेको प्रतिक्रिया दिएका थिए।
प्रशिक्षणको क्रममा प्रशिक्षार्थीहरुलाई नेपालभाषाको उपन्यासको परिचय तथा उदाहरण दिने उद्देश्यले केहि दिन अगाडि साहित्यकार श्रीलक्ष्मी श्रेष्ठको उपन्यास “कोरोनाया किचलय्” का केहि भागहरु वाचन गरिएको थियो।
