काठमाडौँ – जिल्ला प्रशासन कार्यालयहरूले जन्मसिद्ध नागरिकका सन्तानलाई आजबाट नागरिकता वितरण सुरु गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयहरूले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आजदेखि टोकन प्रणालीबाट वंशजको आधारमा नागरिकता वितरण गर्न लागिएको हो ।
नागरिकता वितरणका लागि ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको जनाइएको छ ।

