प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई बिहान अस्पताल लगिएको थियो । उपचारको क्रममा उहाँको बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।

उहाँ पार्किन्सन जस्तै लक्षण भएको जटिल प्रकारको रोगबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने माओवादी केन्द्रले जनाएको छ ।