डब्ल्यूएनओको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन

काठमाण्डाैं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन कार्यक्रम  गर्दै सहभागी विद्यार्थीहरूलाई  अभिमुखिकरण गरेको छ। डब्ल्यूएनओको केन्द्रिय अध्यक्ष संयुक्त श्रेष्ठको अध्यक्षतामा शनिबार काठमाण्डाैं डल्लुमा रहेको जगत सुन्दर विद्यालयमा भएको कार्यक्रममा वरिष्ठ समाजसेवी तथा साहित्यकार हितकरविर सिहं कंसाकारले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो।   । 

कार्यक्रममा  प्रतियोगितामा वरिष्ठ समाजसेवी तथा साहित्यकार कंसाकारसहित डब्ल्यूएनओको केन्द्रिय अध्यक्ष संयुक्त श्रेष्ठ,  केन्द्रिय वरिष्ठ उपाध्यक्ष समीर महर्जन, उपाध्यक्ष शाक्य सुरेन, सल्लाहकार सुरेश प्रधान, नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, साहित्यिक एम्बेसदरहरू राजभाइ जकःमि, प्रतिसरा सायमि, पासा पुच गुथि न्यूयोर्कया अध्यक्ष विजयमान सिहंले सहभागी समूहलाई शुभकामना दिदै प्रतियोगितामा हार जितलाई भन्दा पनि ज्ञान हासिल गर्नुलाई नै मुख्य लक्ष्य बनाउनको लागि विद्यार्थीहरूलाई जोड दिनु भएको थियो।

प्रतियोगिताका संयोजक समन्तश्री बज्राचार्यले विद्यार्थीहरूलाई  प्रतियोगिताको बारेमा जानकारी दिदै अभिमुखिकरण गर्नु भएको थियो भने प्रश्न निर्माण समूहका संयोजक केशरमान ताम्राकारले  प्रतियोगिताको नियमहरूको बारेमा जानकारी दिनु भएको थियो।

प्रतियोगितामा  भाग लिनको लागि ६ देखि १२ कक्षासम्मका नेपालसहित विभिन्न देशका २३ वटा विद्यार्थी समूहले  आवेदन दिएको कार्यक्रममा जानकारी दिइएको थियो। हाजिरी जवाफ प्रतियोगिता भदौ ९ गते शनिवारदेखि शुरु हुने  डब्ल्यूएनओले जनाएको छ।  

फाइनल प्रतियोगितामा पहिलो हुने टीमलाई १,००० अमेरिकी डलर, दोश्रो ८०० अमेरिकी डलर, तेश्रोलाई ६०० अमेरिकी डलर र सान्त्वनालाई ४०० अमेरिकी डलर पुरस्कार तथा हरेक चरणमा जित्ने टीमलाई ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने डब्ल्यूएनओले जनाएको छ।

प्रतियोगिताको नियमका लागि यहाँ क्लिक गर्न सकिन्छ।