अमेरिकाको वाशिंगटन डि.सी. मा सेप्टेम्बर २९ देखि अक्टुबर १ सम्म आयोजना हुने बिश्व साँस्कृतिक उत्सव सुक्रबार देखि सुरु भएको छ। यस उत्सवमा संसारका १८० भन्दा बदी राष्ट्रहरुबाट प्रतिनिधित्व गर्दै कलाकारहरु आफ्नो मौलिक संस्कृतिहरु प्रस्तुति गर्दैछन् ।

आध्यात्मिक गुरु श्री श्री रविशंकरले संसारभरका विभिन्न संस्कृतिहरुलाई एकै ठाउंमा ल्याई एकै सुत्रमा बाँध्ने कोसिस गर्दै यस कार्यक्रमको परिकल्पना गरेका हुन् । यस कार्यक्रममा नेपाली टोलीले पनि आईतबार अक्टोबर १ का दिन आफ्नो कार्यक्रम प्रस्तुत गर्दैछन ।
नेपाली टोलीमा १५० भन्दा बदी कलाकारहरु सम्मेलिट छन । “Traditional Dances and Melodies of Nepal” शिर्षकमा नेपाली टोलीको कार्यक्रम हुनेछ ।

नेपालको सांस्कृतिक टोलीको प्रायोजन राजेश बहादुर प्रधान तथा निभा माथेमा प्रधानले गर्नुभएको थियो । प्रधान दम्पती आर्ट अफ लिभिङको सक्रिय आजीवन सदस्य हुनुका साथै दया फाउन्डेसनमा पनि आबद्ध हुनुहुन्छ ।
नेपाली कलाकार हरु बिभिन्न जनजाति समुहहरु बनाई सबै एकसाथ प्रदर्शन गर्ने भएको छ ।
ति समुहहरुमा नेवार, शेर्पा, थारु, गुरुंग, तामांग का साथै अष्टमात्रिका, कुमारी र लाखे हुनेछन । नेपाली कलाकारहरुलाई प्रशिक्षण को ज़िम्मेवारी बरिष्ठ कलाकार तथा कोरियोग्राफ़र यज्ञमान शाक्य ले लिनुभएको छ
भने गत केहि महिना देखि नियमित रुपमा प्रशिक्षण हुदै आईरहेको थियो । सयौंको संख्यामा रहेका नेपाली टोलीको चुनौतीपूर्ण प्रशिक्षणका साथै सबैलाई चाहिने पोशाक, गरगहना समेतको दिजाईन, निर्माण र ब्यबस्थापन समेत शाक्य ले गर्नुभएको हो ।
कार्यक्रममा दर्शकहरुलाई निःशुल्क सहभागिता रहेको छ भने पूर्ब रेजिस्ट्रेशन अनिवार्य रहेको छ ।
