‘राजमतिचा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ, चर्चित नेपालभाषा तथा नेपालीभाषा गायक उजं शाक्यको स्वर रहेको उक्त गीतमा उनकै रचना र संगीत रहेको छ ।
चर्चित हास्य युवा युट्युब कन्टेन्ट क्रिएतर आशुतोश बाराहीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गायक उजं शाक्य र उदययमान कलाकार ग्रिष्म महर्जनको बेजोड अभिनय रहेको छ । साथै म्युजिक भिडियोको छाँयाङ्कन रापिल महर्जनले गरेका छन् भने कन्सेप्ट आशुतोश बाराही, रापिल महर्जन, र उजं शाक्यकै रहेको छ । त्यसैगरि प्रस्तुत गीतमा गरेका छन् नेपालभाषा चलचित्र राजमतिका कलाकार हिसिला महर्जन, एला लुवयाका कलाकार मनोज महर्जन र हास्य युवा युट्युब कन्टेन्ट क्रिएतर आशुतोश बाराहीको क्यमियो समेत रहेको थियो ।
ठमेलको सुप्पर क्लबमा भएको उक्त कार्यक्रममा बिभिन्न अतिथिको आगमन थियो । कार्यक्रममा उजं शाक्यले आफ्नो नयाँ गीत गाउनुको साथै आफ्नै लोकप्रिय गीत ओ मैचा र थौं कन्हय् नामक नेपालभाषाको गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा गीत सार्बजनिक भएसंगै उजं शाक्यको युट्युब च्यानलमार्फत विश्वब्यापी सार्वजनिक भएको छ ।
