नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

धनगढी  – नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित हुनुभएको छ। टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो ।

दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उहाँ निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्वारोध निर्वाचित हुनुभएको छ।