टी–२० सिरिज : आज नेपाल र नेदरल्याण्ड्स खेल्ने

त्रिदेशीय टी–२० सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार नामिबियालाई ३ रनले पराजित गरेको थियो ।

त्यस्तै यस अघि सम्पन्न खेलमा नेदरल्याण्ड्ससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो । यता, नेदरल्याण्ड्सले २ खेलमा एक जित हासिल गरेको छ । नेपालका लागि फाइनलमा पुग्न आजको खेलमा जित हासिल गर्न आवश्यक रहेको छ । नेपालको अन्तिम खेल भएकाले यस खेलमा पराजित भए सिरिजबाट बाहिरिने छ ।

प्रतियोगितामा नेपाल सहित नेदरल्याण्ड्स र नामिबिया समावेश छन् । विश्वकप लिग टू खेल्न आएका दुई टिमलाई समावेश गर्दै नेपालले टी ट्वान्टी सिरिज आयोजना गरेको होे ।

नेदरल्याण्ड्स ४ अंक सहित शीर्ष स्थानमा छ । लिग चरणका दुवै खेल नेदरल्याण्ड्सले जितेको छ । नेपाल र नामिबिया समान एक जित सहित २ अंक जोडेर क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । शीर्ष दुई टिमले सिरिजको फाइनल खेल्नेछन् ।