ललितपुरमा ३२ महाविहारका देवीदेवताको भेला

ललितपुर –  प्रत्येक पाँच वर्षमा मनाइने ऐतिहासिक तथा धार्मिक महत्त्वपूर्ण बोकेको इतिल्हने सम्यक महादान पर्व ललितपुरमा सुरु भएको छ ।  

पर्वको पहिलो दिन हिजो बेलुकी ललितपुर, काठमाण्डाै, भक्तपुर, कीर्तिपुर, चोभारका दिपङ्कर बुद्धको प्रतिमाहरुसहित, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा सबै जम्मा भएपछि बाजागाजासहित दिपङ्कर बुद्धका प्रतिमाहरु नचाइँदै नागबहालमा पुर्‍याएर यो पर्व सुरु भएको हो । नागबहालमा काठमाडौं उपत्यकाका ३२ महाविहार (बहाःबही)का १२५ देवीदेवतालाई भेला गराइएको छ ।

यस पर्वमा कसैलाई चित्त नदुखाई खुसि भएर आफूले कमाएको धन सम्पत्तिलाई सुद्ध मनले स्वार्थ नराखी दान दिन भक्तजनको घुइँचो लाग्ने गर्दछ ।यस पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको अभिव्यक्त गरेको संस्कृतिविद्हरू बताउँछन् । 

आज विहिबार दिनभर भक्तजनलाई दर्शन गराएर साँझपख सबै देवी देवताहरूको मूर्तिलाई आ-आफ्नो वासस्थान फर्काएपछि यो पर्व सम्पन्न हुनेछ।