बालकुमारी मन्दिरकाे पुनर्निर्माणपछि उद्घाटन

ललितपुर — पाटनमा रहेको बालकुमारीको मन्दिरको पुनर्निर्माणपछि उद्घाटन भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो बुधबार मन्दिरको उद्घाटन गर्नुभएको हो ।

मन्दिरको उद्घाटनपछि राष्ट्रपति पौडेलले काठमाण्डौ, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले पर्यटनको विकासका लागि हाम्रा कला र संस्कृति विश्वमा आकर्षणको केन्द्र बनेकाले यिनको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बालकुमारी मन्दिरको पुनर्निर्माणमा ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको महानगरका मेयर चिरीबाबु महर्जनले बताउनुभयो ।