भजन शिरोमणी किरण शाक्यको निधन

ललितपुर  – ज्ञानमाला भजनमार्फत बुद्ध धर्म प्रचार प्रसार गर्नमा उल्लेखनीय भूमिका खेल्नु भएका भजन शिरोमणी एवमं वरिष्ठ संगीतकार गायक किरण शाक्यको निधन भएको छ।

उहाँको हिजो दिउँसो ८७ वर्षको उमेरमा काठमाण्डौं गोगबुँमा रहेको ग्रीनसिटी अस्पतालमा निधन भएको हो। ९ दिन अघि ब्रेन स्ट्रोक भएर उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो। 

ललितपुर ओकुबहालको त्रिरत्न भजन खलःका सल्लाहकार उहाँ दान्यहिरा पुरस्कारका सल्लाहकार पनि हुनुहुन्थ्यो। त्यस्तै नेपाल भाषा एकेडेमीले बौद्ध संगितको क्षेत्रमा उहाँले गर्नु भएको योगदानको कदर गर्दै दान्य हिरा पुरस्कार पनि प्रदान गरेको थियो ।

उहाँको अन्तिम संस्कार आज ललितपुरको बालकुमारीमा हुने उहाँका पारिवारिक सदस्य जुजुभाइ शाक्यले जानकारी दिनुभयो।