हात नभएको यःसिं ठड्याइयो

ललितपुर – भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा अन्तर्गत शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा हात नभएको यःसिं ठड्याइएको छ । 

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने उक्त यःसिकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ। प्रत्येक वर्ष चैत मसान्तका दिन यःसिं ठड्याउने र वैशाख ५ गतेका दिन ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ ।

संस्कृतिविद्हरुका अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा उभ्याइने यःसिख्यःको यःसिभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको यःसि उभ्याउने प्रचलन सुरु भएको हो । हात नभएको यःसिं ढालेपछि बिस्केट जात्राको अन्त्य हुने भएकाले पनि यो यःसिं उभ्याउनुको ठूलो महत्व रहेको संस्कृतिविद्हरुको भनाइ छ ।
यःसिं जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहको छ। 
यसै विच,  भेलुखेलमा रहेको यसीँख्यःमा ५५ हात लामो हात भएको यसिं आज दिउँसो ४ बजे ठड्याउनको लागि तयारी भएको छ ।