दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा

काठमाडौं – कतारका राजा शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण सकेर थानी बुधबार दिउँसो स्वदेश फर्किएका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे ।

साथै, भ्रमणका अवसरमा दुई देशबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।

थानीले भ्रमणका क्रममा राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् ।