असन चोकमा भूकम्प तथा विपद सम्बन्धी कृत्रिम घटनाको अभ्यास संचालन

काठमाण्डौं महानगरपालिका वडा नम्बर २७ ले भूकम्प सम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ। जापान इन्टरनेसनल सपाेर्ट प्राेग्राम र राष्ट्रिय युवा गैर सरकारी महासंघ नेपालबाट सञ्चालित उक्त कार्यक्रमले भूकम्प जस्ता प्रकोपबाट हुने क्षति कम गर्न र प्रकोपपछि उद्धार र राहत वितरणको कृत्रिम अभ्यास असनमा हिजो सञ्चालन गरेको हो।

कृत्रिम अभ्यास कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, अन्नपूर्ण भजन समूह तथा स्थानीयको सहभागिता थियो। विपद्को बेला उद्धार गर्नका लागि सजिलो होस भन्ने उद्देश्यले कृत्रिम घटना श्रीर्जना गरेर अभ्यास गरिएको हो। विपद् पूर्व तयारी तथा प्रतिकार्यको तालिम पाएका दक्ष जनशक्तीले विपद्को बेलामा गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन्।

उक्त अभ्यासमा तालिम प्राप्त स्वंयसेवकहरुले भूकम्प र आगलागीको बेला हुने गरेको क्षति न्यूनीकरण गर्न अपनाउनु पर्ने तत्कालीन उपायबारे स्थानीयलाई जानकारी गराएका थिए। जोखिम स्थानका समुदायलाई जागरुक गराउन तत्काल उद्धार तथा राहतका लागि र प्राकृतिक विपद्को सामना गर्न पूर्व तयारी स्वरुप थालिएको कृत्रिम अभ्यासले जनप्रतिनिधि र स्थानीयलाई जागरुक गराएको काठमाण्डौं महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष योगेश कुमार खडगी बताउनु भयो।

प्राकृतिक विपत्ती जुनसुकै समयमा पनि आउने भएकाले यसबाट हुने क्षति न्यूनिकरणका लागि यस्ता अभ्यासहरु नियमित भएमा समुदाय चनाखो हुने र विपद्पछि पनि सहजीकरण गर्न अभ्यास गरिएको आयोजकले जनाएको छ। भूकम्प आएपछि अपनाउनु पर्ने उपाय, खोज र उद्धार, पुनर्स्थापना, घाइतेको उपचार, सरसफाइ, सुरक्षित स्थानमा पु-याउने र प्रतिकार्य लगायतका कार्य सम्बन्धि काल्पनिक परिस्थिति श्रीर्जना गरेर अभ्यास गरिएको थि•यो।