काठमाडौं । ललितपुरमा लागेको आगो नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी भएको थियो । मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीनजना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए ।
आगलागीमा परेर एकै परिवारका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा रौतहट घर भएका सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् ।
घाइते भएका पाँचै जनाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ । उक्त आगलागी किस्ट हस्पिटलनजिकै बाफल भन्ने स्थानमा भएको थियो।
