श्री दिगु ख्यः गुथिको ३७ औं साधारण सभा गुथिका संरक्षक पुचःका उपाध्यक्ष अष्टरत्न तुलाधरको सभापतित्वमा नयाँ बजाः मल्टी भेन्युमा २०८१ साल बैशाख २२ गते शनिवाः भएको छ । संस्थाको अध्यक्ष तारावीरसिं तुलाधरं उपस्थित सवैलाई स्वागत मन्तव्य दिनु भएकोे उक्त कार्यक्रममा अष्टरत्न तुलाधरले पानसमा दीप प्रज्वलन गरी उदघाटन गर्नुृ भएको छ ।
कार्यक्रममा गुथिका सचिव विजय रत्न तुलाधरले २०८० सालको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष गीतम वीरसिं तुलाधरले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । गुथिको विद्यासागर तुलाधर र विद्यारत्न तुलाधरले संयुक्त रुपमा संचालन गर्नु भएको उक्त कार्यक्रममा गुथिका संरक्षण पुचःका अध्यक्ष मोतिकाजी तुलाधर, महिला समूहका अध्यक्ष प्रेमहिरा तुलाधर, सभाका सभापति अष्टरत्न तृुलाधरले आःआफ्नो मन्तव्य दिनु भएको छ ।

उक्त कार्यक्रममा भीमरथारोहन वर्ष पुगेकाहरुलाई सम्मान पनि गरिएको छ । बुद्धदेवी तु्लाधर, युरीशोभा तुलधर, कमलरत्न तुलाधर, प्रा. निर्मलमान तुलाधर, रत्नदेवी तुलाधर, भाईकाजी तृुलाधर, सुर्जं रत्न तुलाधर, अमृतशोभा तुलाधर, बाबुराजा तुलाधर, चिनिहेरा तुृलाधर, स्वयम्भूधन तुलाधर, ज्ञानशोभा तुलाधरहरुलाई दोसल्ला ओराइ, कुलदेवताको प्रतिमूर्ति र नगद दिइ सम्मान गरिएको छ ।
यस साधारण सभामा गुथिका गुथियारहरुका सदस्य मध्येका शैक्षिक क्षेत्रमा उकृष्ट अंक ल्याउने विद्यार्थीहरुलाइ उहांहरुले गर्नु भएको मेहनतको कदर स्वरुप विभिन्न पुरस्कार पनि प्रदान गरिएको छ । शैक्षिक क्षेत्रमा प्रगति गर्न सकोस भानि सभामा छात्रवृति पनि प्रदान गरिएको छ ।

सभापतिले सभाको अन्तमा आफ्नो मन्तव्य राखि सभा समापन गर्नु भएको उक्त साधरण सभाको अन्तमा डोर प्राइज पनि खोलेका थिए । कार्यक्र्रमको अन्तमा गुथिका पालाहरुले गुथियार सवैलाई भोज पनि ख्वाएको थिए ।

