आमा

असिम आस्था,बिश्वास, श्रध्दा र त्याग

रती छैन डर उनलाई गर्न पनि आफु परित्याग

गर्छिन ममता निश्वार्थ भावले भिजाइ हृदय

छ यहाँ साकार मुर्ति हुन मात्र आमा एक

 

प्रथम गुरू, सल्लाहकार उनी नै मनोचिकिस्तक

लागि सन्तानको उही झाँक्री उहि नै डक्टर

जब आए उदरमा उनको सन्तानले लिन बास

बुझ्ने संन्तानको आसय् मात्र हुन आमा एक

चाहे र्याल,सिगान वा वाकी भिजाए निथुरक्क मान्दैन

आमा घिन संन्तानको सोर्न पनि  फोहर

हुने संन्तोष सन्तानलाई पाए गर्न लालन पालन

परेनी बस्नु आफु निराहार मात्र हुन आमा एक

 

छ आमाको अपार,अनगिन्ति अनंन्त गुण

सक्दैन कोहि बिद्वान आएनी गिन्ति गर्न

के आमालाई दिउँ उपममा मैले सकिन खोज्न

लाग्छ निरञ्जन निराकार भन्ने  मात्र आमा एक

 

नं सकिन्छ कथा उनको बलिदानको सुनाएर

न सकिन्छ कोर्न नै  निश्वार्थ मायाको आकार

हुन उनि ब्रमाण्डकै जगत जननि सृस्तिको आधार,

सुगन्ध मायाको छरेर सदा बस्ने मात्र आमा  एक

 

आगो दु:ख पिर ब्यथाका दन्किन्दा भित्र हृदय

आमा! भनि काखमा उनको गएमा सरण

मेरो बाबा!भनि अंगालेर भन्ने  मिठा शब्दले

सकिने गर्न शितल हृदयलाई मात्र आमा एक

 

सहि कस्त ब्यथा गराउने सर्वप्रथम दर्शन संसार

हृदयलाई आमाको खुशीको घुम्टिले छोपेर

सम्झि आमानै देउता स्वरूप लिउँ आशिर्वाद

सन्तानको सदा भलो सोचिहने मात्र आमा एक

 

अन्जना ताम्राकार