जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस हिजो विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिन्छ ।
यस क्रममा नेपा: युथ अर्गनाइजेसन द्वारा हिजो काठमाडौंको न्यूरोडमा जुद्ध शालिक वरिपरि विभेद र छुवाछुट विरुद्ध प्लेकार्ड प्रदर्शन गरी मनाए। ‘संविधानले जातीय भेदभाव र छुवाछुट गर्न नपाइने व्यवस्था त गरेको छ तर, यो व्यवहारमा लागू हुन सकेको छैन।यो कुरा मनन गरि यस्ता कार्यक्रमले समाजमा राम्रो शन्देश जाने अर्गनाइजेसनका का.वा.अध्यक्ष बिजय डंगोलले जानकारी दिए ।
संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ । लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् । तर व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन ।

नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। तर पनि नेपालमा यो व्यवहारमा लागू हुन सकेको छैन ।
