काठमाडौं महानगरले भत्काएको न्युरोडको सडक पुन डिभिजन सडकले कालोपत्रे गर्‍यो

फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले आज कालोपत्रे गरेको छ । महानगरपालिले मर्मत नगरेपछि सडक डिभिजन कार्यालय आफैंले काटिएको उक्त सडक कालोपत्रे छ। जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउने भन्दै काठमाडौं महानगपालिकाले भत्काएको ठाउँमा सडक डिभिजन कार्यालयले दुई दिनभित्र सडक मर्मत गर्न भनेको थियो ।

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो । त्यसक्रममा कार्यालयले महानगरको निर्माण सामग्रीसमेत नियन्त्रणमा लिएको थियो ।

यस अघि न्युरोड क्षेत्रमा महानगरका कर्मचारीले धमाधम सडक काटेका थिए। बिना अनुमति सडक काटिएको भन्दै सडक डिभिजनले उक्त कार्यमा रोक लगाएको थियो भने स्थानीयले पनि विरोध जनाएका थिए।

यसै बिच काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश पोख्दै न्युरोडको फुटपाथ क्षेत्र बढाउन काठमाडौं महानगरपालिकाले गरेको प्रयासमा सरकारले गरेको असहयोग गरेको ठहर गरेको छ।