होटल व्यवसायी अम्बिका श्रेष्ठको निधन

काठमाडौँ-  होटल व्यवसायी अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो समय उहाँ निमोनिया र बाथरोगबाट पीडित हुनुहुन्थ्यो।

दार्जिलिङमा जन्मिएकी श्रेष्ठले नेपालको प्रसिद्ध  द्वारिका होटलको स्थापना गर्नु भएको थियो। स्पेनका लागि नेपालको अनरेरी कन्सुलेट जेनेरल समेतको भूमिका निर्वाह गर्नु भएकी अम्बिकाले सम्पदा संरक्षणको अभियानमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको थियो।