नेपालको अतुलनीय प्रथम ज्ञानकोषको लोकार्पण भब्य रुपमा सम्पन्न

नेपालभाषा एकेडेमी र काठमाण्डौं महानगर पालिकाको संयुक्त प्रकाशनका रुपमा तयार भएको नेवाः सांस्कृतिक ज्ञानकोष ने.सं. ११४४ यंलाथ्वः तृतीया, शुक्रबार (भाद्र २१ गते) लोकार्पन भएको छ ।

काठमाण्डौं महानगर पालिकाका उपप्रमुख सुनिता डंगोल र नेपालभाषा एकेडेमीका कुलपति यज्ञरत्न धाख्वाःका सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा विषिष्ट अतिथिका रुपमा विधागत पाँच अतिथिहरुमा नेवाः पहिचानबाट जनकवि दुर्गालाल श्रेष्ठ, संस्कृति र सम्पदा विज्ञ यज्ञमानपति वज्राचार्य, भाषा लिपि र साहित्यविद् सुवर्णकेशरी चित्रकार, नाट्य संगीत र बाजाविद् श्रीगोपाल प्रजापति र शिल्प प्रविधि र ज्ञानविद् क्रोधकला शिरोमणि कालु कुमाले सहभागी हुनुभएको छ ।

यस सांस्कृतिक ज्ञानकोष नेपालकै सबैभन्दा पहिलो ज्ञानकोष हो भने यस्ता पुस्तक अब अन्य क्षेत्रबाट पनि यस्ता ज्ञानकोष प्रकाशित गरी हाम्रो ऐतिहासिक गौरवलाई लिपिवद्ध गर्नु पर्ने कुरा कार्यक्रममा ब्यक्त गरिएको छ । जनकवि दुर्गालाल श्रेष्ठले यस प्रकाशनलाई पाँच अमूल्य मणि हो भनी भन्नु भएको छ । कार्यक्रममा काठमाण्डौं महानगर पालिकाका सम्पदा र पर्यटन समितिका संयोजक आशामान संगतले स्वागत मन्तब्य राख्नुभएको हो । उक्त कार्यक्रममा नेवाः सांस्कृतिक ज्ञानकोष परियोजनाका संयोजक मल्ल के सुन्दरले ज्ञानकोषमा समावेश भएका पक्षका विषयमा बोल्नुभएको थियो ।

त्यसै गरी नेपालभाषा एकेडेमीका सदस्य सचिव डा. पुष्षराज राजकर्णिकार, काठमाण्डौं महानगर पालिका सम्पदा र पर्यटन विभागका संयोजक कुमारी राई लगायतले विविध कुरा ब्यक्त गर्नुभएको छ । वहाँहरुले यस ज्ञानकोष भनेको सम्पूर्ण नेवारहरुको पहिचान हो भनी धारणा राख्नुभयो । जनकवि दुर्गालाल श्रेष्ठ, साहित्य र संस्कृतिविद् शाक्य सुरेन, बौद्ध विद्वान यज्ञमानपति बज्राचार्य, संस्कृतिविद् डा. चुन्दा वज्राचार्य र साहित्यकार र समाजसेवी सुवर्णकेशरी चित्रकार, प्रा. प्रेमशान्ति तुलाधर, श्रीगोपाल प्रजापति, त्रिरत्न मानन्धर र विश्व शाक्यले पुस्तक समर्पन गर्नुभएको हो भने सदस्य सचिव डा. पुष्पराज राजकर्णिकारले धन्यवाद ज्ञापन गर्नुभएको छ ।